पूर्वमन्त्रीलाई नागरिकता दिने सिडिओलाई लिखित जवाफ पठाउन सर्वोच्चको आदेश

Posted: सेप्टेम्बर 13, 2012 in Uncategorized

सर्वोच्च अदालतले पूर्वमन्त्री रामचन्द्र झाको सक्कल नागरिकता दिने तत्कालीन प्रमुख जिल्ला अधिकारीको पत्रसहित अदालतमा लिखित जवाफ पठाउन आदेश दिएको छ।

२०६५ सालमा स्थानीय विकास मन्त्री भएका झा भारतिय नागरिक भएको भन्दै उनको मन्त्री पद र नागरिकताविरुद्ध परेको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको हो। धनुषा सिगीमाहि गरान गाविसका देवचन्द्र यादवले २०६५ माघ ३ गते सर्वोच्चमा दर्ता गरेको रिटमा पूर्वमन्त्री झाको सक्कल नागरिकताको कपि अदालतमा बुझाउन न्यायाधीशद्वय भरतराज उप्रेती र भरतबहादुर कार्कीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।

पूर्वमन्त्री झाका बुवा पुलकित झा र बाँकी चारजनै दाजुभाई भारतिय नागरिक भएको बेला झाले २०४५ साल चैत ५ गते धनुषा जिल्ला प्रशासन कार्यालयबाट बंशजको आधारमा नागरिकता दिएको रिटमा दाबी गरिएको छ। तत्कालीन सिडियो रामचन्द्र महर्जनले दिलाएको नागरिकता प्रमाणपत्रको सक्कल समेत अदालतले धनुषा जिल्ला प्रशासन कार्यालयबाट मगाएको छ। रिटमा यादवले दाबी गरे अनुसार झाको स्थायी ठेगाना भारतको मधुवनी जिल्ला करुणा पंचायत हो। झा १९९२ को नेपालको भोटर लिष्टमा ६२४ क्रम संख्या रहेका झाको १९९५ को मधुवनी ग्राम पंचायत करुणा निर्वाचन क्षेत्र मा ३०१ भोटर लिष्ट भएको रिटमा दाबी गरिएको छ।

पूर्वमन्त्री झाका भाई मदन झा पनि २०४५ सालमा बंशजको आधारमा नागरिकता लिए पनि पछि २०५७ साल फागुन १ गते फेरी भारतीय नागरिकता लिएको रिटमा उल्लेख छ। भारतीय नागरिक भई नेपालको मन्त्री हुँदा त्यसले देशको स्वतन्त्रता र सार्वभौमिकता नहुने भन्दै पूर्वमन्त्री झाको नागरिकता बदरको रिटमा माग गरिएको छ।

‘बाबु नेपाली नागरिक नभएको अवस्थामा छोरा वंशजको आधारमा नागरिक हुन सक्ने/नसक्ने के हो? नागरिकता बदरको जाहेरी परेको अवस्थामा यस्ता आरोपित नेपालका मन्त्री पदमा रहँदा सरकार मागहतको निकायले अनुसन्धान गर्नसक्छ सक्दैन भने संवैधानिक कानुनी प्रश्न निरुपण गरियोस्,’ रिटमा छ, ‘जिल्ला प्रशासन कार्यालय धनुषाबाट २०४५ सालमा दिएको वंशजको नागरिकता बदर गरी निजलाई नागरिकता ऐन २०२० अनुसार कारबाही गर्नु भन्ने परमादेश वा अन्य जो चाहिने आदेश जारी गरि पाउँ।’

२००८ सालमा झाले मधुवनीको जग्गा बिक्रि गर्दा आफू भारतीय नागरिक भएको उल्लेख गरेको रिटमा दाबी गरिएको छ।

जवाफ लेख्नुहोस्

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )